सरकार र मिटरब्याज पीडितबीच वार्ता

न्भेष्टाेपेपर ।  चैत्र १६, २०७९

काठमाडौं ।  सरकारको वार्ता टोली र मिटरब्याज पीडितबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भएको छ ।

गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी दिलकुमार तामाङले वार्ता टोली र पीडितबीच बिहीबार छलफल गर्ने समय तय भए बमोजिम सो वार्ता भएको बताउनुभयो ।

गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो । उक्त टोलीको सदस्यहरुमा उपसचिव दिलबहादुर तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगाबहादुर दंगाल हुनुहुन्छ ।

पीडित महेन्द्र साहका अनुसार सरकारसँग वार्ता गर्न पाँच सदस्यीय समिति गठन भएको छ । जसमा मनोजकुमार पासवान, श्याम चौधरी, छेदिलाल पासवान, रामरजन यादव र संघर्ष दाहाल सहस्य हुनुहुन्छ ।

मिटरब्याज पीडित यही चैत २ गतेदेखि बर्दिबासबाट हेटौँडा हुँदै पैदल यात्रा गरेर चैत १३ गते काठमाडौंको खुलामञ्चमा विरोध प्रदर्शन गरेका थिए । याे समाचार गाेरखापत्र देनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *