नयाँ वर्षकाे अवसरमा फोन पे ले ल्यायो स्कुटर र सुन उपहार याेजना

इन्भेष्टाेपेपर ।  चैत्र २८, २०७९

काठमाडौँ । नेपालको भुक्तानी प्रणाली सञ्चालक फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोनपे गर्ने हो ?  “QR” मा उपहार जित्ने हो”  योजना ल्याएको छ । २०७९ चैत २९ देखि २०८० वैशाख ५ गतेसम्म नेपाल अधिराज्यभर लागू गरिएको यस योजनामा व्यवसायी तथा ग्राहकहरू सहभागी भई १ तोला सुन र स्कुटर प्राप्त गर्न सकिनेछ ।

योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोनपेको क्युआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूले “लक्की ड्र” मार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर जित्न सक्नेछन् भने भुक्तानी प्राप्त गर्ने व्यवसायीले “लक्की ड्र” मार्फत १ तोला सुन जित्न सक्नेछन् ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भन्नुभयो, “फोनपेको नेपालमा डिजिटल भुक्तानी प्रबर्द्धन गर्ने र प्रयोगकर्ताहरूलाई क्युआर भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्य अनुरूप “फोनपे गर्ने हो” अभियान ल्याइएको हो ।” यसको लक्ष्य प्रयोगकर्ता र व्यवसायीहरूलाई समान रूपमा डिजिटल भुक्तानीको सजिलो, छिटो र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहित गर्ने भएको उहाँले बताउनुभयो । “नगद छोडौँ, फोनपे गरौँ” ट्यागलाइनको साथ फोनपेले नगदको झञ्झटलाई हटाउन डिजिटल भुक्तानी प्रणाली सुरू गरेको थियो ।

फोनपेमा हाल ११ लाख भन्दा धेरै व्यवसायी (क्युआर मर्चेन्ट), ६० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध रहेका छन् र दैनिक करिब रू. ५ अर्बको कारोबार हुँदै आएको कम्पनीले जनाएकाे छ । एक करोड  ७० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको, फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेकाे पनि जनाएकाे छ ।

नेपाललाई क्यासलेस बनाउने योजना अनुसार तीन वर्ष अगाडी स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको छ । नयाँ वर्ष २०८० को “फोनपे गर्ने हो” योजना पनि नेपाललाई डिजिटल परिवर्तनतर्फ डोहोर्याउने ठूलो लक्ष्यको एउटा कदम रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *