सरकारी टोली र मिटरब्याज पीडितबीच आज पनि वार्ता

न्भेष्टाेपेपर ।  चैत्र २८, २०७९

काठमाण्डाैँ । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज मंगलबार पुनः वार्ता हुने भएको छ ।

गृहका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच मंगलबार पनि वार्ता हुन लागेको हो ।

दुई दिनसम्म चलेको वार्तामा पनि सहमति हुन नसकेपछि मंगलबार पुनः वार्ता गरेर सहमतिमा पुग्ने प्रयास गरिने पीडित पक्षले जनाएको छ ।

पीडित पक्षले मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टि बन्धक, रजिस्ट्रेसन र चेकलगायत मन्त्रिपरिषद् निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे माग सरकारी वार्ता टोली समक्ष राखेका छन् ।

पीडित पक्षले वार्तासँगै मंगलबार शान्ति वाटिकामा धर्ना सुरू गर्ने जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *