बचतकर्ताको परिवारलाई दुर्घटना बीमा वापत रु १० लाख हस्तान्तरण
इन्भेष्टाेपेपर । वैशाख १५, २०८०
काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लि.ले सवारी दुर्घटनामा परि ज्यान गुमाउनु भएका कोहलपुर न.पा. ११ को स्व. जय प्रकाश घर्तिको परिवारलाई बीमा दाबी भुक्तानी वापत रु १० लाख उपलब्ध गराएको छ ।
निजले यस बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्नु भएको कारण वहाँको परिवारले आज बीमा दाबी भुक्तानी वापत केही राहत पाएका हुन । बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड सँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो ।
बैंकले उक्त बीमा दाबी भुक्तानी बापतको रु १० लाखको रकम मृतकको श्रीमती सलिना वली घर्तिलाई हस्तान्तरण गरेको छ । उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय के.सी र वडा अध्यक्ष श्रीमती कल्पना शर्माले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । हाल बैंकको परिवार लक्षित रु १ करोड १ लाख सम्मको बीमा सुविधा दिने मुक्तिनाथ आर्शिवाद बचत खाता पनि निकै लोकप्रिय रहेको छ ।
