नेपाल राष्ट्र बैंककाे निर्देशनमा ब्याज दरमा भद्र सहमति, विकास बैंकहरुले पनि गरे सहमति
INVESTOPAPER, December 21, 2018
काठमाडौः केही समय अघिदेखि ब्याजदरकाे वृद्धिमा चलिरहेकाे रेस सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बिहीबार बोलाएर नेपाल राष्ट्र बैंकले ब्याजको मामलामा आफुखुसी सस्तो प्रतिस्पर्धा नगर्न निर्देशन दिदै गभर्नर, डेपुटी गभर्नरहरुको मध्यस्थतामा भद्र सहमति भएकाे छ ।
राष्ट्र बैंकसँगको छलफल लगत्तै बसेको नेपाल बैंकर्स संघको बैठकले ब्याजदर घटाउने सहमति गरेको हो । शुक्रबारदेखि बचतमा बढीमा ६ दशमलव ५ प्रतिशतसम्म, व्यक्तिगत मुद्दतीमा ९ दशमलव २५ र संस्थागत मुद्दतीमा ८ प्रतिशत मात्र व्याजदर कायम हुने छ । यस्तै अब न्यूनतम ब्याज अन्तर दुई प्रतिशत भित्र राख्ने निर्णय गरेको छ ।

त्यसैगरि विकास बैंकहरुले पनि भद्र सहमति गर्दै बाणिज्य बैंकहरुको भन्दा आधा प्रतिशत बिन्दुमाथि मात्र ब्याज दर राख्ने निर्णय गरेका छन्। संघको बैठकले एक बर्षे ब्यक्तिगत मुद्दति निक्षेपमा ९ दशमलव ७५ प्रतिशत मात्र ब्याज दिने निर्णय गरेको हो। बचतको ब्याज दर पनि सात प्रतिशत मात्र हुने भएको छ।
तर संस्थागत मुद्दतितर्फको ब्याज दर भने ९ प्रतिशत हुने छ। सहमतिसँगै अधिकांस बैंकले ब्याजदर घटाइसकेकाे सूचना निकालिसकेका छन् । सवै बैंकहरूले भद्र सहमति अक्षरस पालना गर्ने कुरामा बैंकर्स संघ ढुक्क रहेकाे पदाधिकारीहरू बताउंछन् ।
