फेरी वल्झियाे पोलिमर नोट छपार्इकाण्डः तत्कालिन गभर्नर रावलसहित तीन जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर

INVESTOPAPER, December 20, 2018

नेपाल राष्ट्र बैँकले आर्थिक वर्ष २०५८/५९ मा अष्ट्रेलियन कम्पनीलार्इ रू १० को ५ करोड थान पोलिमर नोट छपाई गर्न अनुमति दिर्इ नोट छपार्इ गरेके थियाे ।  पोलिमर नोट छपाईमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर तिलक रावल सहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

रावलविरुद्ध ९१ लाख रुपैयाँको बिगो दावी गरिएको छ। त्यसैगरी नेपाल राष्ट्र बैँकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र मे फ्लावर लिमिटेडका तर्फबाट लोकल एजेन्ट हिमालयबहादुर पाँडेविरुद्ध पनि समान बिगो दावी गरिएको छ।

पोलिमर नोट छपाई गर्दा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, बोलपत्र पूर्व नै नोटको डिजाइन गर्न लगाउने,  नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, राजस्व छल्ने नियतले कमिसन उल्लेख नगर्ने,  नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो पाइएको अभियोगपत्रमा उल्लेख गरिएकाे छ।

छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउन मिडियाकर्मीहरुलाई थाइल्यान्ड हुँदै अष्ट्रेलिया पठाउने, परल मूल्य बढाउन लगाई सोही बमोजिम बोलपत्र र सम्झौता गरी नेपाल राष्ट्र बैंकका एवं नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्याई आफू समेतलाई फाइदा पुग्ने कसुर गरेको अभियोग पत्रमा उल्लेख गरिएकाे छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *