यस्तो छ आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

न्भेष्टाेपेपर । जेठ ५, २०८०

काठमाण्डाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आथिर्क वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ।

सरकारले अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेर वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको भनिएता पनि बजारमा देखिएको चरम आर्थिक मन्दीबाट उकास्ने भन्दा पनि पुरानै कार्यक्रमहरु काँटछाँट गरेर सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएकाे छ ।

उक्त नीति तथा कार्यक्रममा सरकारले ५० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निशुल्क विद्युत उपलब्ध गराउने भएको छ । यसका साथै आगामी दुई वर्ष भित्र सबैको घरमा विद्युत पुर्याउने समेत सरकारको घोषणा छ । वर्षायाममा मासिक ५० युनिट र हिउँदमा याममा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निशुल्क विद्युत उपलब्ध गराइने सरकारको घोषणा छ ।

सरकारले बैंक खाता खोल्न अनिवार्य राष्ट्रिय परिचय पत्र चाहिने व्यवस्था गरेको छ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘आगामी तीन वर्षभित्र जग्गाधनी प्रमाणपत्र पुर्जा, बैंक खाता र स्थायी लेखा नम्बर र सवारी चालक अनुमति पत्र लिँदा अनिवार्यरुपमा राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नु पर्ने व्यवस्था गरिने छ ।’ 

समग्रमा नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम भन्दापनि अधिकांश पुराना कार्यक्रम दोहोरिएका छन ।

आगामी आथिर्क वर्षको नीति तथा कार्यक्रमकाे पूर्णपाठ

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *