भारतको एउटा मन्दिर जहाँ महिला मात्र पुजारी बन्न पाउँछन्

इन्भेष्टाेपेपर ।  जेष्ठ २२, २०८३

काठमाण्डाैँ । मन्दिरमा प्रायः पुरुष पुजारी हुन्छन्। तर विश्वमा एउटा यस्ताे शिव मन्दिर पनि छ, जहाँ महिलाले विगत धेरै पुस्तादेखि पुजारीका रूपमा काम गर्दै आएका छन्।

भारतको गुजरात राज्यको सुरत सहरको कतारगाम क्षेत्रमा रहेको सोमनाथ कामनाथ महादेव मन्दिरमा महिला मात्र पूजारी हुने चलन धेरै पुरानो हो। उपलब्ध जानकारी अनुसार, यो परम्परा लगभग चार देखि छ पुस्ता अगाडिदेखि नै चल्दै आएको छ ।

यो मन्दिर लगभग ८०० वर्ष पुरानो मानिन्छ। मन्दिरमा दुई शिवलिंग छन्: स्वयम्भू सोमनाथ महादेव र स्थापना गरिएको कामनाथ महादेव। ‘कामनाथ’ नाम यहाँ भगवान शिवले कामदेवलाई भस्म गरेको कथासँग जोडिएको छ ।

यो मन्दिरको पुजारीको पद एक निश्चित परिवारले पुस्तौंदेखि सम्हाल्दै आएको छ। यो परिवारमा पुरुष र महिलाबीच कुनै भेदभाव गरिएको छैन र जसले पनि पूजाको जिम्मा लिन सक्छ। वर्तमान पुजारिन रक्षाबेन शैलेश गिरी गोस्वामीले यो सेवा आफ्नो सासूको पक्षबाट पाएको बताउँछिन्।

यस मन्दिरमा भगवान शिवको साथमा माता पार्वती पनि बिराजमान छिन्। एक मान्यता छ कि जहाँ देवीको पनि स्थान छ, त्यहाँ महिलाले नै पूजा गर्नु उचित मानिन्छ।

यो परम्पराको अर्को उल्लेखनीय पक्ष यो हो कि विधवा महिलाहरूले पनि यहाँ पूजारीको भूमिका निभाउन पाउँछन्, जुन हिन्दू समाजमा अहिले पनि दुर्लभ मानिन्छ। रक्षाबेन स्वयं ६२ वर्षकी विधवा हुन् र उनी विगत ४२ वर्षदेखि यस मन्दिरको पूजा गर्दै आएकी छिन् ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *