नेपाल लाइफद्वारा सातवटै प्रदेशमा अभिकर्ता पूनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न, ६००० बढी अभिकर्ता प्रशिक्षित

न्भेष्टाेपेपर । जेठ २४, २०८०

काठमाण्डाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम भव्यता पूर्वक सम्पन्न गरेको छ ।

यस कम्पनीले कोशी प्रदेशको विर्तामोड र इटहरी, मधेश प्रदेशको बिरगंज र मिर्चैया, बागमती प्रदेशको नारायणघाट, भक्तपुर र काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको टीकापुर र अत्तरिया गरि कुल १३ वटा स्थानमा भव्य र सभ्य कार्यक्रमको आयोजना गरी ६००० भन्दा बढी अभिकर्तालाई तालिम प्रदान गर्नुका साथै हरेक शाखा उप–शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने करिव १००० जना अभिकर्ताहरुलाई सम्मान गरिएको छ ।

जेठ २२ गते पोखरामा आयोजित कार्यक्रममा यस कम्पनीका संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल र विमल प्रसाद ढकालको उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा बोल्दै अग्रवालले गण्डकी प्रदेश विभिन्न आर्थिक सूचांकहरुमा अग्र पंङ्गतीमा रहेको हुनाले यस क्षेत्रमा बीमा व्यवसायको विस्तार गर्न प्रचुर सम्भावना रहेका बताउनु भयो ।

अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रमहरुमा उपस्थित अभिकर्ता महानुभावहरुलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ताहरुको क्षमताको विकाश गर्ने हेतुले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउनु भयो । यस किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोग सँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपुर्ण भूमिका खेल्नेमा आफु विस्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेसनल सेल्स हेड उमापति पोखरेलले अभिकर्ताले बीमा व्यवसायमा सफलता प्राप्त गर्नका खातिर आफु आबद्ध कम्पनीको बारेमा पूर्ण जानकारी, आफुले गरेको पेशाको बारेमा कानूनी बैधता तथा कम्पनीले बजारमा ल्याएको बीमा योजनाहरुको बारेमा पूर्ण जानकारी राख्नु पर्ने कुरामा जोड दिनुभयो ।

अभिकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा यस कम्पनीका तालिम विभाग प्रमुख रोजेश बस्नेतले बीमा अभिकर्ता पेशा ठुलो लगानी र उच्च शिक्षा नहुँदा पनि राम्रो आम्दानी गर्नक निम्ति प्रचुर सम्भावना भएको क्षेत्र हुनाले आम्दानी र व्यवसाय भन्दा माथी उठेर बीमा अभिकर्ताको रूपमा सामाजिक र मानविय धर्मका रूपमा पेशालाई अंगिकार गर्न प्रेरित गर्नु भयो । उहाँले यसमा थप प्रकाश पर्दै बीमा अभिकर्ता भनेको आर्थिक सुरक्षाकर्मी र बचतको अभियन्ता पनि भएकाले सबैलाई यसमा हातेमालो गर्दै अगाढी बढ्नका निम्ति अपिल गर्नु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *