यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

न्भेष्टाेपेपर । जेठ २४, २०८०

काठमाडौँ ।   बिहान सुरु भएको नेपाल सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मङ्गलवार बस्ने नियमित बैठक बस्न नसकेका कारण आज बसेको बैठकले विभिन्न निर्णयहरू गरेका छन् । 

२०८० जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः

–काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने ।

–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने ।

–आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा ९१० बमोजिम आवश्यक सेवाको हडताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने ।

–माथिल्लो मैलङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने ।

– मिति २०८० जेठ २९ देखि ३२ गतेसम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने Metropolis World Congress तथा Brussels Urban Summit 2023 विषयक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहको भ्रमण स्वीकृत गर्ने । 

–मन्त्रिपरिषद्, विधेयक समितिबाट पेस भएको विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *