पार्टी र नेताहरु नसच्चिएसम्म देश विकास सम्भव छैनः गृहमन्त्री श्रेष्ठ

न्भेष्टाेपेपर । असार २, २०८०

काठमाण्डाैँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरु नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताउनुभएको छ । 

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताउनु भयो ।

उहाँले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरुले आफ्नो कार्यभार निभाउनुपर्ने बताउनु भयो ।

गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरुले नै आफूलाई सच्याउन जरुरी रहेको बताउनु भयो । राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरु रुपान्तरण गरेर सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रियालाई तिब्र पार्नु आवश्यक रहेको बताउनु भयो । 

गृहमन्त्री श्रेष्ठले देशको विकासलाई फड्कोमा पु¥याउने सरकारले लक्ष्य रहेको उल्लेख गर्नुभयो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *