रुसले आणविक हतियार बेलारुस पठायो

न्भेष्टाेपेपर । असार २, २०८०

मस्को ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाउनु भएको द हिलले उल्लेख गरेको छ ।

सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनोमीक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक हतियार गर्मीको अन्त्यसम्ममा उपलब्ध गराउने बताउनुभएको छ। युक्रेनसँग सीमा जोडिएको देशमा रणनीतिक आणविक बम तैनाथ गर्ने योजनाको एक भागको रूपमा रुसले यो योजना अगाडि बढाएको बताइएको छ ।

बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले ‘रुसबाट बम र मिसाइलहरू’ को पहिलो भाग प्राप्त गरेको बताउनु भएको छ ।

लुकाशेन्कोले रुसी र बेलारूसी राज्य मिडियालाई भन्नु भएको छ, ‘हामीसँग क्षेप्यास्त्र र बमहरू छन् जुन हामीले रुसबाट प्राप्त गरेका छौँ ।’ बमहरू ‘हिरोसिमा र नागासाकीमा खसालिएकोभन्दा तीन गुणा बढी शक्तिशाली छन्,’ फक्स न्यूजले  उल्लेख गरेको छ ।

बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले रूसले बेलारुसलाई आणविक हतियारहरू वितरण गरेको बताउनु भएको छ । हतियारको आगमन युक्रेनी सेनाले रुस विरुद्ध ठुलो मात्रामा काउन्टर–ऑफेरेसन सुरु गरेको एक हप्ता पछि आएको हो ।

यसैबीच फिनल्याण्ड यस वर्षको अप्रिल ४ मा ब्रसेल्समा रहेको नेटो मुख्यालयमा संयुक्त राज्य अमेरिकासँगको उत्तरी एट्लान्टिक सन्धिमा प्रवेश गर्ने आफ्नो उपकरण जम्मा गरेर नेटोको नयाँ सदस्य बनेको छ । (रासस/एएनआई)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *