६० हजार सिँढी उक्लिएर पुग्नुपर्ने अनौठो होटल !

न्भेष्टाेपेपर । असार २, २०८०

आफ्ना ग्राहकलाई फरक अनुभुति दिलाउन विश्वमा विभिन्न किसिमका होटेलहरु सञ्चालन गरिएका छन् । चीनमा एउटा अनौठो होटल छ, जहाँ ६० हजार सिँढी उक्लिएर ग्राहक पुग्ने गरेका छन् ।

चीनको येल्लो माउन्टेनमा अवस्थित जेड स्क्रिन नामक यो होटलमा पुग्न ६० हजार सिँढी चढ्नु पर्दछ । १८ सय ३० मिटर उचाईमा रहेको यो चारतारे होटलबाट हंगशन पर्वतीय श्रृंखलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

यस पहाडी क्षेत्रमा १५ सय वर्षभन्दा पनि पुराना सल्लाका रुखहरु छन् । होटलसम्म पुग्नका लागि ६० हजार सिँढीको विकल्पको रुपमा केबुलकार पनि छ । भव्य तथा सुविधासम्पन्न यस होटलमा स्पा तथा स्विमिङ पुल समेत छन् ।

होटलमा पुग्नका लागि सिँढी चढ्न नसक्ने मानिसलाई भरियाले बोकेर पु¥याउने सुविधा पनि छ । पहाडमा खोपेर बनाइएको बाटो र त्यसमा रहेका सिँढीहरु चढेर् होटल पुग्दा साहसिक यात्रा तय गरेको अनुभूति हुने ग्राहकहरुको भनाइ छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *