काठमाडौं महानगरले शिक्षककाे तलब भत्ता भुक्तानीका लागि ३० करोडको सोधभर्ना कोष स्थापना

न्भेष्टाेपेपर । असार १०, २०८०

काठमाण्डाैँ । काठमाडौं महानगरपालिकाले शिक्षकहरुको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्न  ३० करोड रुपैयाँको छुट्टै सोधभर्ना कोषका लागि बजेट विनियोजन गरेको छ। 

आइतबार प्रस्तुत गरिएको विनियोजित बजेटअनुसार ‘गरिखाने शिक्षा’का लागि ५० करोड विनियोजन गरिएको छ। 

सामुदायिक विद्यालय परिसरभित्रको सरसफाइ र सौन्दर्यीकरणलाई नियमित र स्वचालित बनाइ विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउनको लागि ५ करोड विनियोजन गरिएको छ।

यस्तै, महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्न ३० करोडको छुट्टै सोधभर्ना कोषको व्यवस्था, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको लागि मासिक भत्ता वृद्धि गरिएको महानगरपालिकी उप्रमुख सुनिता डंगोलले जानकारी दिनुभयाे। 

आर्थिक वर्ष २०८०/८१ मा महानगरपालिकाको समग्र शिक्षा क्षेत्र तर्फको विभिन्न कार्यक्रम संचालन गर्न तथा नियमित क्रियाकलापको लागि काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरिएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *