सुपा देउराली मन्दिरमा पर्यटक बढेसँगै मासिक लाखौं आम्दानी, रकम शिक्षा र विकासका काममा खर्च

न्भेष्टाेपेपर । असार १०, २०८०

अर्घाखाँची । अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेसँगै मासिक लाखौं रूपैयाँ आम्दानी हुने गरेकाे छ ।

मन्दिरको भेटीबाट विद्यालयका शिक्षकलाई तलबदेखि गाउँका विकास निर्माणका काममा पनि खर्च हुँदै आएको हाे ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ७ खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिर पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । मन्दिर दर्शन गर्न भारतको गोरखपुरबाट आएका अनुप सिङले यस मन्दिरको चर्चा भारतका अधिकांश क्षेत्रमा भएकाले आफु सहित साथीहरु दर्शन गर्न आएको बताउनुभयो ।

सुपा देउराली मन्दिरमा दिनदिनै बढेको भक्तजनबाट मन्दिरमा मासिक लाखौँ भेटी उठने गरेको छ । मन्दिरमा चढाएको भेटीबाट १० निजी शिक्षक राखेर विद्यालय सञ्चालन गरिएको छ । मासिकरुपमा सन्धिखर्क खाँचीकोटको आदर्श माध्यमिक विद्यालयमा ७० हजार, शीतगङ्गा– २ को शान्ति आधारभूत विद्यालयमा ६२ हजार पाँच सय, सीता आधारभूत विद्यालयमा २१ हजार छ सय र देउराली आधारभूत विद्यालयमा ११ हजार छ सय खर्च हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यो बाहेक अन्य गाउँका विकास निर्माणमा पनि खर्च हुने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सबहादुर केसीले बताउनुभयो ।

प्राकृतिक रुपमा अत्यन्त रमणीय र शान्त स्थानमा रहेको यस मन्दिरमा मनोकांक्षा पूरा हुने विश्वासका कारण दैनिक ठूलो संख्यामा दर्शनार्थी आउने गरेका छन् । धन कमाउन भारत जानुभन्दा पहिला अर्घाखाँचीका एक व्यक्तिले सुपामाईसँग राम्रो जागिरको लागि प्रार्थना गर्दै भारत गएको र सोही अनुसारको जागिर पाएर धन कमाएको तर फर्केर आउँदा भेटी नचढाइ मन्दिरमाथिको जङ्गलको बाटो हुँदै जान लाग्दा जङ्गलको बीच बाटोमा सुपामाईले पहाडको चट्टानमा ती व्यक्तिलाई टाँसेको किंवदन्ती रहेको मन्दिर संरक्षणको काम गदै आउनुभएका शितगंगा नगरपालिका– २ का भिमबहादुर गुरुङको भनाइ छ ।

रुपन्देही, पाल्पा, दाङ, प्युठान, गुल्मी, कपिलवस्त, नवलपरासी, रोल्पा, सल्यान लगायतका जिल्ला तथा भारतबाट धेरै मात्रामा पर्यटक मन्दिरमा आउने गरेका छन् । सुपा देउराली मन्दिर जिल्लाको मुख्य पर्यटकीय क्षेत्र बन्दै गएपनि यस क्षेत्रका सडकहरु जीर्ण छन् भने सवारी साधन पार्किङको उचित व्यवस्था हुन नसक्दा समस्या हुने गरेको छ । याे समाचार इमेज खवरमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *