नेशनल लाईफको बृहद अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

न्भेष्टाेपेपर । असार ११, २०८०

काठमाण्डाैँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले २०८० असार ९ गते दमक झापा स्थित कस्मिक पार्टि प्यालेसमा प्रि एम.डि.आर.टी सम्मान तथा बृहद अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

“रन फर इन्कम चेज योर एमडिआरटी” भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरुसंग आवद्ध भई बीमा व्यवसाय गर्दै आईरहेका अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले सम्पन्न गरिएको सो कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गर्नुभएको थियो ।

सो अवसरमा उपस्थित करिब ७०० जना अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यका साथ चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले तालिम प्रदान गर्नु भएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउनु हुँदै अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता अनुसार यो कार्यक्रम काठमाण्डौ, नेपालगंज, धनगढी, पोखरामा सम्पन्न गरीसकेको र यसैको निरन्तरता अनुसार आज दमकमा गर्न लागिएको जानकारी गराउनु भएको थियो ।

कम्पनीका दमक शाखाका शाखा प्रमुख सुमन कुमार राईले संचालन गर्नुभएको सो समारोहमा समय भन्दा अगावै एमडिआरटीको लक्ष्य पुरा गरी सकेको दमक शाखा अन्तर्गतका अभिकर्ता रिता राई शेर्मा तथा उर्लावारी शाखाका अभिकर्ता एलिशा आले मगरलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान गर्नुभएको थियो ।

कार्यक्रम कम्पनीको कोशी प्रदेशका प्रदेश प्रमुख नरेन्द्र कुमार बाछाना राई को सभापतित्वमा सम्पन्न भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *