एल निन्योका कारण प्रयाप्त वर्षा हुँदा मरुभूमिमा ढकमक्क फूल
इन्भेष्टाेपेपर । आश्विन ११, २०८३
एल निन्योका कारण ठूलो वर्षा भएपछि पृथ्वीका सबैभन्दा सुक्खा ठाउँहरूमध्ये एक मानिएको आटाकाम मरुभूमि फूलहरूले ढकमक्क ढाकिएको छ।
उत्तरी चिलीमा रहेको उक्त मरुभूमि एन्डीज पर्वतशृङ्खला र प्रशान्त महासागरको बीचमा अवस्थित छ।
बीउ र कन्दहरू वर्षौसम्म निष्क्रिय अवस्थामा रहन सक्छन्। तर पर्याप्त मात्रामा वर्षा भयो भने ती उम्रिन्छन् र फूल फुल्न थाल्छ।
— बीबीसीबाट

