आईएमई लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

न्भेष्टाेपेपर । साउन १८, २०८०

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले शेयर रजिष्ट्रमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाइ नियुक्त गरेको छ । सर्वसाधारणमा आईपीओ विक्री गरी असार ३० गते बाँडफाँट गरेको कम्पनीले शेयर व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्य गर्न शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

कम्पनीले असार २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि ९६ लाख कित्ता आईपीओ विक्री गरेको थियो । सर्वसाधारणतर्फको आईपीओ ९ लाख ६० हजार आवेदकहरूले १० कित्ताका दरले प्राप्त गरेका छन् । कम्पनीले यस अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको छ । सर्वसाधारणमा प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १३६ रूपैयाँ ९१ पैसा थप गरी प्रतिकित्ता २३६ रूपैयाँ ९१ पैसामा आईपीओ विक्री गरेको हो । कर्मचारीहरूमा भने कम्पनीले प्रतिकित्ता १०० रूपैयाँमै आईपीओ विक्री गरेको छ ।

जारी पूँजी ४ अर्ब रूपैयाँको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओेमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामुहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *