गणपती बनस्पती लिमिटेड र नबिल बैक बिच च्यानल फाईनान्सिङ्ग सम्झौता सम्पन्न

न्भेष्टाेपेपर । साउन १८, २०८०

काठमाण्डौ । नबिल बैक लीमिटेडले  लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती बनस्पती लिमिटेडका आधिकारीक डिलर तथा बिक्रेताहरुलाई   च्यानल फाईनान्सिङ्ग सुबिधा दिने भएको छ ।

मंगलबार राजधानीको  एक होटलमा आयोजित कार्यक्रममा  गणपती बनस्पती लिमिटेडको तर्फबाट  कम्पनीका अध्यक्ष  तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत  ज्ञानेन्द्र ढुङ्घानाले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

सो कार्यक्रममा कम्पनीका तर्फबाट लक्की ग्रुपका अध्यक्ष सतिश कुमार मोर, उपाध्यक्ष द्धय श्रबण कुमार मोर र राजकुमार मोर साथै कार्यकारी निर्देशकहरु अनन्ता मोर, क्रषिराज मोर, राजिब मोर र कम्पनीका उच्च पदस्थ कर्मचारीको उपस्थिती थियो भने बैकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतहरु मनोज ज्ञवाली, सुजित शाक्य, भुपेन्द्र पाण्डे, कर्पोरेट हेड ज्ञानेन्द्र शाह लगायतका कर्मचारीको उपस्थिती थियो ।  

नेपाल  गुणस्तर चिन्ह तथा  ISO 9001: 2015, 14001:2015 प्राप्त यस उद्योगले सफारी र रामदेब ब्राण्डहरुमा प्रशोधित सनफलावर तेल, सोयाबिन तेल, तोरी तेल र पामोलीन तेल  बिक्रि बितरण गर्दै आएकोमा हालै मात्र  नेबारी प्लस  ब्राण्डलाई पनि बजारमा ल्याएको छ ।

मेक इन नेपाल — स्बदेशी अभियानमा संलग्न, नेपालकै सबैभन्दा  ठुलो घिऊ तेल उत्पादन  गर्ने यस गणपती बनस्पती लिमिटेड सर्बाधिक निर्यातकर्ता भई लगातार तीन पटक सम्म नेपाल उद्योग परिसंघबाट सम्मानीत पनि भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *