नेपाल अक्सिजन ग्यास उत्पादक संघको १३औं वार्षिक साधारण सभा सम्पन्न

न्भेष्टाेपेपर । साउन २४, २०८०

काठमाडौं । नेपाल अक्सिजन ग्यास उत्पादक संघको १३औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । सभाले निवर्तमान अध्यक्ष गौरव शारदालाई पुनः आगामी २ वर्षका लागि निर्विरोध अध्यक्षमा चयन गरेको छ ।

साथै उपाध्यक्षमा वीरेन्द्र कुमार संघाई, महासचिवमा नारायण दत्त तिमल्सिना, कोषाध्यक्षमा प्रल्हाद तिमल्सिना र सदस्यहरूमा शंकर लाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र शरद खनाल चयन हुनुभएको छ ।

सभाले कोभिडको समयमा अक्सिजन उद्योग स्वामित्वमा रहेको अक्सिजन सिलिन्डर ठुलो परिमाणमा विभिन्न सरकारी निकायले उठाइ लगेको र हालसम्म फिर्ता नगरेकोले उद्योगहरूलाई ठुलो आर्थिक नोक्सानी व्यहोर्नु परेकोले सो बारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

यसैगरी संघले अक्सिजन सिलिन्डरको गुणस्तर मापदण्ड सम्बन्धी आवश्यक कानून बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय गरेको छ ।

संघका अध्यक्ष गौरव शारदाले भन्नुभयो, “अक्सिजन सिलिन्डरको मापदण्ड अन्तर्गत कलर कोडिङ, लेबिलिङ्ग, म्यकसिमम फिलिङ्ग पे्रशर, ग्याँस ईन्फरमेशन र पेरियोडिक ईन्फेक्शन डिटेल्स आदि सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको व्यवस्था लागू गरे मात्र कार्यस्थलमा कर्मचारीको सुरक्षा तथा जोखिम न्यूनिकरण गर्न सकिन्छ ।”

संघले आगामी दिनमा लिक्युड अक्सिजनको आयातमा कडाई गर्न सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *