नेशनल लाईफको बीमा सचेतना साईकल र्याली भव्यताका साथ सम्पन्न

न्भेष्टाेपेपर । साउन २४, २०८०

काठमाण्डाैँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले पोखरामा बीमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साईकल ¥यालीको आयोजना गरेको छ ।

बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल ¥यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीसहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश का प्रदेश प्रमुख केशव प्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारी लगायत कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १०० जनाले सहभागिता जनाउनु भएको थियो ।

पोखराको बाराहीघाट बाट शुरु भएको ¥यालीले हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० कि.मि.को यात्रा पुरा गर्दै पुनः बाराहीघाटमा ¥यालीको समापन गरिएको थियो ।

उक्त साईकल ¥यालीबाट बीमा सचेतना प्रवद्र्धन हुनेछ भन्ने कम्पनीले आपेक्षा लिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *