रिलायबल लाइफ इन्सुरेन्सले विभिन्न कार्यक्रमसहित छैठाैँ वार्षिकाेत्सव मनायाे

न्भेष्टाेपेपर । भाद्र १६ २०८०

काठमाण्डाैँ । रिलायबल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले जीवन बीमा कारोवार शुरु गरेको ६ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रमसहित छैठाैँ वार्षिकाेत्सव सम्पन्न गरेकाे छ ।

वार्षिकाेत्सवका अवसरमा कम्पनी प्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने करिव ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पु¥याउन अहं भूमिका खेल्नुहुने रिलायबल एडभाइजर ग्रुप , नियमनकारी निकायहरु, लगनिकर्ताहरु, अहोरात्र काम प्रती समर्पित कर्मचारी वर्गहरु, पत्रकार, लगायत समस्त सरोकारवालाहरुलाई हार्दिक धन्यवाद ब्यक्त गरेकाे छ ।

यस अवसरमा कम्पनीले केन्द्रीय कार्यलय, बुटवल र दमक शाखाहरुमा रक्तदान, समता गुठीलाई नगद सहयोग, मन्दिर सर—सफाई, विभिन्न वृद्ध आश्रममा खाध्य सामाग्रीहरु वितरण, विद्यालयमा स्टेसनरी सामन वितरण, वृक्षारोपण गरी सातै प्रदेश मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यगरी वार्षिक उत्सव हर्सोउल्लास रुपमा मनाएको छ । यस काममा कर्मचारी एवं बीमा अभिकर्ता हरुकोको सकृय सहभागिता भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *