बम्बे भाइकिङ्गस नेपाल आउँदै, एलओडी मा कन्सर्ट हुँदै

न्भेष्टाेपेपर । असाेज ९, २०८०

काठमाडौं । भारतीय सांगितिक समूह बम्बे भाइकिङ्गसले नेपालमा सांगितिक प्रस्तुति दिने भएको छ । चर्चित भारतीय गायक निरज श्रीधर आफ्नो सांगितिक समूह बम्बे भाइकिङ्गसहित नेपाल आउन लागेका हुन् ।

विश्वको ४९ औँ उत्कृष्ट नाइट क्लब लर्ड अफ ड्रिंक्समा चर्चित गायक निरज श्रीधर आफ्नो ब्यान्ड सहित सांगितिक प्रस्तुति दिनेछन् । एल एण्ड एन मोडेल एजेन्सी तथा ३६५ मिडिया एण्ड इभेन्टसले संयुक्त रुपमा बम्बे भाइकिङ्गसलाई नेपालमा प्रस्तुत गर्न लागेका हुन् । आयोजकका अनुसार गायक श्रीधरले यही असोज १३ गते शनिबार आफ्नो ब्यान्डसहित सांगितिक प्रस्तुति दिनेछन् ।

गायक निरज श्रीधरको दर्जनौँ गीतहरु लोकप्रिय छन् । गायक श्रीधरको चर्चित गीतहरुमध्ये वो चली वो चली देखो प्यारकी गली, हरे राम हरे राम हरे कृष्ण हरे राम, तेरी आँखे, भुलभुलैया, चोर बजारी, तुम मिले, क्यारेक्टर ढिला है, चाँदनी चोक टु चाइना, लभ मेरा हिट हिट, कलर ट्युन, नाचेङ्गे सारी रात, गोलमाल, छोड दो आँचल जमाना क्या कहेगा लगायत बहुचर्चित गीत संगीत रहेका छन् ।

चर्चित गायक निरज श्रीधरको गीतसंगीत युवामाझ लोकप्रिय छन् । एल एण्ड एन मोडेल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थका अनुसार हामीले चरणबद्ध रुपमा कार्यक्रम भव्य कसरी बनाउन सकिन्छ भनेर छलफल गरेका छौँ । प्रस्तुतिको टिकट इ–सेवा मार्फत काट्न सकिने ३६५ मिडिया एण्ड इभेन्टसका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्यले जानकारी दिए । आयोजकका अनुसार फिजिकल टिकट काठमाडौंको विभिन्न स्थानबाट लिन सकिने जनाइएको छ ।

काठमाडौंको दरबारमार्ग स्थित डबल डेकर लाउन्ज, लाजिम्पाट स्थित नुवाड थाई स्पा, ठमेल स्थित लुना रेस्टुरेन्ट एण्ड बारबाट टिकट लिन सकिने जनाइएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *