ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

न्भेष्टाेपेपर । असाेज १२, २०८०

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मी जिल्लाकोे मुसीकोट नगरपालिका वडा नं ५, इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन मुसीकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनले गरेका थिए । 

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक वामी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।
एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । सोही अवसरमा बैंकले मुसीकोट नगरपालिका वडा नं ५ वरपरका बासिन्दालाई लक्षित गरी डिजिटल बैंकिङ्ग र रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षारता कार्यक्रम समेत आयोजना गरेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *