कोशी सरकारबारे राप्रपाले शुक्रबार मात्रै निर्णय गर्ने

न्भेष्टाेपेपर । असाेज २५ २०८०

काठमाण्डाैँ । कोशी प्रदेश सरकार गठनमा सहयोग गर्ने कि नगर्ने भन्नेबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार बिहान ८ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाएका हुन्।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार कोशी सरकारबारे छलफल गरी आवश्यक निर्णय लिन बैठक बोलाइएको हो। राप्रपाको पछिल्लो कार्यसम्पादन समिति बैठकले नेताहरूसँग सुझाव लिई कोशी सरकारबारे निर्णय लिन सक्ने अधिकार अध्यक्ष लिङ्देनलाई दिएको थियो।कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका छन्। ६ जना सांसद रहेको राप्रपाको साथ लिएर सत्ता गठबन्धनले सरकार बनाउने जमर्को गरिरहेको छ। तर राप्रपाले सरकार गठनमा सहयोग गर्ने वा नगर्ने भन्ने निर्णय शुक्रबार बिहान मात्रै गर्ने भएको छ।

९३ सदस्यीय कोशी प्रदेश सभामा आवश्यक बहुमत ९४७ सांसदको समर्थन जुटाउन नसक्दा नेकपा एमाले संसदीय दल नेता हिक्मत कार्की र नेपाली कांग्रेस संसदीय दल नेता उद्धव थापा नेतृत्वका सरकार महिना दिन नपुग्दै ढल्ने गरेका छन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *