जाजरकोटमा भूकम्पका १०९ धक्का, हालसम्म मर्नेको सङ्ख्या १३२ पुग्यो

न्भेष्टाेपेपर । कात्तिक १८ २०८०

काठमाडौं ।  शुक्रबार राती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएपछि अहिलेसम्म १०९ धक्का मापन भएको छ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले शनिबार बिहानसम्म त्यस क्षेत्रमा १०९ वटा भूकम्पका धक्का गएको बताउनु भयो । राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको थियो । 

त्यसमा राति ११ः४७, १२ः०८, १२ः२९, १२ः३५ गरी चार पटक क्रमशः ६.४, ४.८, ४.२, ४.३  म्याग्निच्युडका भूकम्प गएका थिए । अन्य भूकम्पका धक्का भने चार म्याग्निच्युडभन्दा सानो मापन भएको जानकारी पनि डा.अधिकारीले दिनुभयो ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३२ पुगेको छ ।  नेपाली प्रहरीले विहान ८ः१५ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १३२ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । 

जसमा जाजरकोटमा भूकम्पबाट ९५ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् । यसैगरी,  रूकुम पश्चिममा ३७ जनाको निधन भएको छ र  ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *