प्राग गोली काण्ड दुःखद घटना : गुटेर्रेस

न्भेष्टाेपेपर । पुस ६, २०८०

संयुक्त राष्ट्रसङ्घ ।  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले चेक गणतन्त्रको राजधानी प्रागस्थित विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताउनुभएको छ ।  

महासचिवले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको प्रवक्ता स्टेफन दुजारिकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

महासचिवका प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले चेक गणतन्त्रका जनता र सरकारप्रति आफ्नो पूर्ण ऐक्यबद्धता पनि दोहोयाउनु भएको छ । 

प्रागस्थित चाल्र्स युनिभर्सिटीमा बिहीबार एक सन्दिग्धले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य २५ जना घाइते भएका थिए ।  चेक सरकारले बिहीबार राति गोलीकाण्डमा मारिएकाहरूको सम्झनामा शनिबार एक दिन शोकको घोषणा गरेको छ । (रासस/एएफपी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *