माउन्टेन ग्लोरीको साधारण शेयर निष्काशन सम्झौता

न्भेष्टाेपेपर । माघ २१, २०८०

काठमाण्डाैँ । बिगत ८ वर्ष देखि दोभिल्ला, पोखरा स्थीत माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी आएको माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि रु.१००।- अकिंत दरको ४०,००,००० कित्ता साधारण शेयर निष्काशन गर्नका लागि लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी एल एस क्यािपटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरियो ।

जारी पूँजी रु.१ अर्व ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्ला स्थीत करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित बिषेश सुविधा सम्पन्न रिजोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधा उपलब्ध गराउदै आएको छ ।

निकट भविष्यमा शेयर निष्काशन पश्चात कोठाहरु थप गरी विदेशी होटल संग अनुबन्धन गरे पश्चात पाँच तारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने योजना समेत कम्पनीको रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *