सरकारले ल्याएको बजेट कार्यान्वयन चुनौतिपूर्ण : एमाले सचिव बिष्ट

न्भेष्टाेपेपर । जेठ २२, २०८१

काठमाडौँ । नेकपा (एमाले)का सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको बजेट सन्तुलित भए पनि कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अर्थमन्त्री वर्षमान पुनले बजेट सन्तुलित ल्याएको बताउनुभयो । उहाँले सरकारले करका दर यथावत वा तयारी वस्तुभन्दा कच्चा पदार्थमा पैठारी महशुल कम्तिमा १ प्रतिशत कम गर्नु बजेटको सकारात्मक पक्ष रहेको उल्लेख गर्नुभयो ।

सचिव बिष्टले चालु खर्च ६१ प्रतिशत, पुँजीगत १९ प्रतिशत, वित्तीय व्यवस्था २० प्रतिशतको जुन कहालि लाग्दो अवस्था देखापरेको जिकिर गर्नुभयो । उहाँले यसका लागि सार्वजनिक पुनरावलोकन उच्चस्तरिय आयोगको सिफारिसलाई कार्यान्वयन गर्नका लागि संसदमा साझा सहमतिका साथ अगाडि जान नसके विकास र पुँजीगत खर्च केवल सपनामा मात्रै सिमित हुने अवस्था रहेको दाबी गर्नुभयो ।

उहाँले चालु आर्थिक वर्षको अहिलेसम्म आठ खर्ब ७५ अर्ब राजस्व प्राप्त हुँदा आगामी आर्थिक वर्षको लागि १२ खर्ब ६० अर्बको लक्ष्य बढी चुनौतिपूर्ण देखिएको बताउनुभयो । उहाँले वैदेशिक अनुदानको हिसावले हेर्दा हालसम्म १५ अर्ब मात्रै अनुदान प्राप्त भएको भन्दै आगामी आर्थिक वर्षमा ५२ खर्बको अपेक्षा यथार्थसँग मेल खाने सम्भावना कम रहेको जिकिर गर्नुभयो ।

उहाँले आन्तरिक ऋणबाट तीन खर्ब ३० अर्ब उठाउने अपेक्षा राखिएको भए पनि सरकारले आन्तरिक ऋण बढी लिएको अवस्थामा निजी क्षेत्रमा जाने कर्जा सङ्कुचित हुने, बैंकको ब्याजदर बढ्ने, निजी क्षेत्रले उत्पादनवृद्धि र रोजगारी गर्ने सम्भावना कम  हुने भन्दै यो विषयमा अर्थमन्त्री गम्भीर हुन सुझाव दिनुभयो ।

सचिव विष्टले बजेटले पाँच उद्देश्य, प्राथमिकता, रणनीति र रुपान्तरणकारी क्षेत्र छुट्याएपनि त्यसको अनुपातमा कार्यक्रममा बजेट विनियोजन कम भएको बताउनुभयो । उहाँले कृषि दशक भनिएको तर यही वर्षको बजेटमा कृषि क्षेत्रमा बजेट घटाउनु राम्रो नभएको बताउनुभयो ।

उहाँले १६ लाख पर्यटक भित्र्याउने भनिए पनि पर्यटक आउने पूर्वाधारहरु पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय स्थाल चलाउने उद्घोष नभएको भन्दै असन्तुष्ट जनाउनुभयो । उहाँले सरकारले उत्पादनमुलक क्षेत्रमा लगानी वृद्धि नगरेसम्म ६ प्रतिशतको आर्थिक वृद्धिको सम्भावना पनि कम रहेको बताउनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *