सिटिजन्स क्यापिटलको साधारणसभा भाद्र १७ गते, १५.५ प्रतिशत लाभांसकाे प्रस्ताव

न्भेष्टाेपेपर । साउन ३०, २०८१

काठमाण्डाैँ । सिटिजन्स क्यापिटल लिमिटेडले १८ औं वार्षिक साधारण सभा भाद्र १७ गते गर्ने भएको छ । संस्थाले आ.व.२०८०/८१ मा चुक्ता पूजीँको १५।५० प्रतिशत लाभांस प्रस्ताव गरेको छ । संस्थाको १८ औं वार्षिक साधारण सभा ज्ञानेश्वर (जर्मन एम्बेसी नजिक) स्थित एटिक मिटिङ्ग हल, काठमाडौंमा विहानको ११ बजे देखि सभा हुने जनाएको छ ।

आ.व.२०८०/८१ मा सिटिजन्स क्यापिटल लिमिटेडको लाभांस क्षमतामा ३० प्रतिशतले वृद्धि भएको छ । आ.व.२०८०/८१ मा समग्र आर्थिक चुनौतीहरुका बाबजुत कम्पनीले अघिल्लो आ.व. भन्दा वृद्घि हासिल गर्न सक्षम भएको कम्पनीले जनाएकाे छ ।

नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *