उपराष्ट्रपति यादवसंग होली सीका राजदूतको शिष्टाचार भेट

न्भेष्टाेपेपर । भाद्र १, २०८१

काठमाण्डाैँ । सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग नेपालका लागि होली सी/भेटिकन सिटीका महामहिम राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा शुभकामना आदानप्रदान पश्चात नेपाल र होली सीबीचको द्विपक्षीय सम्बन्धका विविध आयामहरुबारे छलफल भयो ।

उपराष्ट्रपति यादवले सन् १९८३ मा दुई मुलुकबिच कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात रही आएको मैत्रीपूर्ण सम्बन्ध प्रति खुशी व्यक्त गर्नुभयो । ‘नेपाल र होली सी दुवै विश्व शान्ति, सहिष्णुता तथा वृहत मानव कल्याणका मान्यताहरूमा अटल विश्वास राख्ने मुलुक हुन् ’ उहाँले भन्नुभयो, ‘शान्तिका अग्रदूत भगवान वुद्धले दिनुभएको शान्ति सन्देश विश्व सामु पुर्याउन नेपालले सरोकारवालाहरूसँग हातेमालो गर्दै आएको छ ।’ उहाँले होली सी विश्व शान्ति प्रति कटिवद्ध मुलुक भएको सन्दर्भमा हाम्रा दुई मुलुकले यो उद्देश्य हासिल गर्न योगदान दिन सक्ने बताउनु भयो । 

उपराष्ट्रपति यादवले नेपाल सन् २०२६ सम्म अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र २०३० सम्म मध्यम आय भएको मुलुक हुने लक्ष्य राखेको उल्लेख गर्दै यो उद्देश्य प्राप्तिका लागि सरकारले लगानी तथा वैदेशिक व्यापारका क्षेत्रहरूमा साझेदारीहरू विस्तार गर्दै लैजाने योजना बनाएको बताउनु भयो ।

‘हाम्रा दुई मुलुकबिच अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन, साना मुलुकहरूको मुद्दा, आपसी सद्भाव तथा हरित विकास जस्ता क्षेत्रमा थप सहकार्यका सम्भावनाहरू रहेका छन् ’ उहाँले भन्नुभयो, ‘दुई देशबिचको सम्बन्धलाई थप मजबुत बनाउँदै आगामी दिनमा द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा आपसी हितलाई सुनिश्चित गर्नको लागि हामी होली सीसंग सहकार्य गर्न तयार छौ । ’

उपराष्ट्रपति यादवले महामहिम पोप फ्रान्सिस समक्ष उहाँको सुख र सुस्वास्थ्यका लागि शुभकामना सन्देश प्रेषित गरिदिन आग्रह गर्दै त्यहाँका मित्रवत जनताका लागि शान्ति एवम् समृद्धिको शुभकामना समेत व्यक्त गर्नुभयो । महामहिम राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले नेपाल र होली सी दुवै मुलुकको शान्ति, सहअस्तित्व र भ्रातृत्व साझा मूल्यमान्यता रहेको उल्लेख गर्दै दुवै देश मानव अस्तित्वलाई सम्मान गर्दै आएको बताउनु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *