मलेसियामा श्रमिकहरूकाे न्यूनतम तलबमानमा बृद्धी

न्भेष्टाेपेपर । कात्तिक ४, २०८१

काठमाडौं । मलेसियामा श्रमिकहरूकाे न्यूनतम तलबमानमा वृद्धि भएको छ। मलेसिया सरकारले कामदारको न्यूनतम तलब बढाएको हो।

वर्ष २०२५ को बजेट भाषणमार्फत मलेसिया सरकारले कामदारको तलब प्रतिमहिना १ हजार ५०० रिंगेटबाट बढाएर १ हजार ७०० रिंगेट कायम गरिएको घोषणा गरेको छ। नयाँ न्यूनतम तलब वर्ष २०२५ फेब्रुअरीबाट लागू हुनेछ।

मलेसिया सरकारले तलब वृद्धि घोषणा गरेसँगै त्यहाँ रहेका नेपालीसहित विदेशी श्रमिक पनि लाभान्वित हुने भएका छन्। किनकि मलेसिया सरकारले आफ्ना नागरिक र आप्रवासी श्रमिकबीच न्यूनतम तलब समान रुपमा लागू गर्दै आइरहेको छ। हाल मलेसियामा करिब ४ लाख नेपाली श्रमिक रहेको त्यहाँको सरकारी तथ्यांकले देखाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *