आज पनि सुन चाँदीको भाउले बनायो नयाँ रेकर्ड

न्भेष्टाेपेपर । कात्तिक ४, २०८१

काठमाडौं । नेपाली बजारमा सुनको भाउ दैनिकजसो बृद्धि हुन थालेको छ। आज पनि सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ।

आज पनि सुनको भाउ ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ हालसम्मकै उच्च हो। गत शुक्रबार सुन तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँ बढेर २ हजार ७५ रुपैयाँ कायम भएको छ। यो चाँदीको हालसम्मकै उच्च भाउ हो। गत शुक्रबार चाँदी तोलाको १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *