भैरहवा र सिमरा सेजमा २५ उद्योग स्थापना गर्न अनुमति

न्भेष्टाेपेपर । कात्तिक ६, २०८१

काठमाडौं । सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा १० ओटा उद्योगलाई उद्योग स्थापना गर्न प्लट (जग्गा) प्रदान गरेको छ । ती उद्योगबाट रु तीन सय ४४ करोड लगानी र तीन हजार पाँच सय २३ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता प्राप्त भएको उद्योग भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

वर्तमान सरकार गठन भएको सय दिनमा थप दुईओटा उद्योगले उत्पादन शुरु गरेका छन् । प्लट प्राप्त गरेका ३ ओटा उद्योगसँग उद्योग सञ्चालनका लागि सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, सिमरा विशेष आर्थिक क्षेत्र (सेज)मा १५ ओटा उद्योगलाई उद्योग स्थापना गर्न जग्गा प्रदान गरिएको र ती उद्योगहरूबाट कुल रु छ सय ८४ करोड लगानी र एक हजार दुई सय ८७ रोजगारी सिर्जना गर्ने प्रतिवद्धता प्राप्त भएको छ । ती उद्योगमध्ये सातओटा उद्योगसँग उद्योग सञ्चालनका लागि सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

यस अवधिमा उद्योग विभागमा एक सय ९९ वटा नयाँ उद्योग दर्ता भई रु ३३ अर्ब ६८ करोड लगानीको प्रतिबद्धता प्राप्त भएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।  (रासस) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *