सुनको मूल्य हालसम्मकै कीर्तिमानी उचाइमा

न्भेष्टाेपेपर । कात्तिक १५, २०८१

काठमाडौँ ।  सुनको मूल्य हालसम्मकै महँगाे भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ ।

बुधबार प्रतितोला रु. दुई हजार दुई सयले वृद्धि भई रु. एक लाख ७० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ७१ हजार निर्धारण भएको छ । 

बुधबारको तुलनामा आज प्रतितोला रु. तीन सयले वृद्धि भएको हो । 

यस्तै चाँदीको मूल्य तोलामा रु. ३० ले घटेको छ । बुधबार प्रतितोला रु. दुई हजार एक सय २० मा कारोबार भएको चाँदी आजका लागि रु. दुई हजार ९० निर्धारण भएको छ ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *