चन्द्रागिरि हिल्सकाे साधारणसभा सम्पन्नः १०% प्राथमिक शेयर जारी गर्ने प्रस्ताब पारित
Investopaper, Jan 15, 2019
काठमाडौं। चन्दागिरि केवलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्सकाे नवौ बार्षिक साधारणसभा पाैष ३० गते सम्पन्न भएकाे छ । उक्त सभाले आगामी आर्थिक बर्ष भित्रमा १० प्रतिशत प्राथमिक शेयर सर्बसाधारणलाई जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो।
कम्पनीको वार्षिक साधारणसभाले प्रवन्धपत्र र नियमावली संसोधन गरि जारी पूँजी एक अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताब पनि पारित गरेको छ। कम्पनीले जारी पूंजीकाे १० प्रतिशतले हुन अाउने १५ कराेड रुपैयाँ बराबर अर्थात १५ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने छ । १० प्रतिशत शेयर प्रभावित र आम सर्वसाधारण सबैका लागि भएकाे कम्पनीले जनाएकाे छ।
सरकारले शेयर वजारमा रियल क्षेत्रलाइ शेयर वजारमा अाउन प्राेत्साहित गरिरहेकाे अवस्थामा चन्द्रागिरिले सार्वजनिक शेयर निष्काशन प्रकृया सुरु गरेसँगै वास्तविक क्षेत्रको प्रतिनिधित्व बढ्ने छ। साधारणसभाले सञ्चालक समितिमा चन्द्र ढकाल, हेमराज ढकाल, अम्बिका पौडेल, कल्याण गुरुङ र नवराज नेपाल निर्विरोध चयन हुनुभएकाे छ।
