बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

न्भेष्टाेपेपर ।  फागुन १३, २०८१

काठमाडौँ । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त हुनुभएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई नियुक्त गरेको हाे ।

प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस गरेको थियो ।

पूर्व अध्यक्ष सूर्य सिलवाल निलम्बन भएपछि अध्यक्षकाे पद रिक्त रहेकाे थियाे । अध्यक्षमा नियुक्त ३२ वर्षीय ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक उत्तीर्ण छन् । प्राधिकरणको अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *