नेपाल टेलिकमकाे “ब्रान्ड एम्बेसडर” मा अभिनेत्री स्वस्तिमा खड्का नियुक्त

न्भेष्टाेपेपर ।  फागुन २०, २०८१

काठमाण्डाैँ । नेपाल टेलिकमले कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाई नेपालकै अत्यधिक सफल अभिनेत्रीको रुपमा चिनिनु भएकी चलचित्रकर्मी स्वस्तिमा खड्कालाई कम्पनीको “ब्रान्ड एम्बेसडर” नियुक्त गरेको छ ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकार स्वस्तिमा खड्काले हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रबर्धन एवम् बजारीकरण कार्यमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्दै कम्पनीसँग आवद्धता तथा सहकार्यका लागि अभिनेत्री खड्काप्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले नेपाल टेलिकम जस्तो गरिमामय एवम् सुपरिचित संस्थासँग आवद्ध हुन पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँले ब्रान्ड एम्बेसडरको रुपमा कम्पनीको हित अभिवृद्धि हुने गरी कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *