वैदेशिक शिक्षा तथा भाषा परिक्षाकाे शुल्क अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

न्भेष्टाेपेपर ।  चैत १, २०८१

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने विभिन्न शुल्कहरुको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । 

बैंकले सार्वजनिक गरेको योजना अनुसार नेपाली विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुको शैक्षिक शुल्क, बीमा शुल्क लगायत विभिन्न भाषा परिक्षा (IELTS, TOEFL, SAT, GMAT, PTE, ACT, ACCA, USMLE) को शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ । यो योजना अगस्ट ३१, २०२५ सम्म लागू हुनेछ ।  

अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीहरुले भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजजात पुरा गरेपश्चात् बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा  ५० प्रतिशत छुट प्रदान गर्ने छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *