नयाँ एनटर्कको रेस एक्सपी ब्ल्याक सार्वजनिक

न्भेष्टाेपेपर ।  चैत ५, २०८१

काठमाडौ । स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने लक्ष्यसहित, टीभीएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि.ले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्कुटर यस्तो मेसिन हो जुन केवल गुड्दैन, मोहित पार्छ ।

नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर, एनटर्क रेस एक्सपी ब्ल्याकले पावर, स्टाइल र आधुनिक प्रविधिको रोमाञ्चक संयोजन प्रस्तुत गरेको छ । स्कुटर पारखीहरूका लागि डिजाइन गरिएको यो स्कुटरले डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि र रेस इन्स्पायर्ड डिजाइन सहितको विशेषता प्रस्तुत गरेको छ ।

एनटर्क रेस एक्सपी ब्ल्याकमा स्ट्रीट मोड र रेस मोड गरी डुअल राइडिङ मोडहरू उपलब्ध गरिएका छन् । स्ट्रीट मोडमा यात्रुहरूले सहरको सहज र किफायती यात्रा अनुभव गर्न सक्छन् । त्यसैगरी, रेस मोडमा ० देखि ६० किलो मिटर प्रति घण्टाको गति मात्र ८.३ सेकेन्डमा प्राप्त गर्दै ९८ किलो मिटर प्रति घण्टाको अधिकतम गति दिन्छ । एनटर्क रेस एक्सपी ब्ल्याकको यो क्षमताले नेपालको स्कुटर सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ ।

यस स्कुटरले नेपालमै पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याएको छ । यो प्रविधिका माध्यमबाट २० भन्दा बढी भ्वाइस कमान्डहरू मार्फत स्मार्ट कनेक्ट  एप को सहज इन्टरेक्शन प्रदान गर्ने कम्पनीले जानकारी दिएको  छ । चाहे राइड मोड स्विच गर्नुहोस्, नेभिगेसन चेक गर्नुहोस्, वा कलहरू व्यवस्थापन गर्नुहोस्, एनटर्क रेस एक्सपी ब्ल्याकले नियन्त्रण यात्रुको औंलामै—र अवाज मार्फत नै लिन सकिने ब्यवस्था गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *