प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

न्भेष्टाेपेपर ।  चैत ४, २०८१

काठमाडौं ।  सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक थापालाई नियुक्त गरेको हो । 

बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले प्रहरीको महानिरीक्षकमा थापालाई नियुक्त गरेको बताउनुभयो । मन्त्रीपरिषद्को नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औं आइजिपी बन्नुभएको छ ।

वसन्त कुँवरले सोमबारै अवकाश पाएपछि नयाँ महानिरीक्षक नियुक्त गरिएको हो । २०७९ चैत १० गते कुँवर नेपाल प्रहरीको ३०औं महानिरीक्षक बन्नुभएकाे थियाे । उहाँकाे ३० वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा जानुभएकाे हाे ।

नवनियुक्त प्रहरी महानिरीक्षक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरी २०७९ असार १७ मा डीआईजी एवं २०७९ चैत ६ मा एआईजीमा प्रमाेशन भएकाे थियाे । उहाँकाे कार्यकाल २०८२ भदौ १८ सम्म करिब ६ महिना मात्र रहनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *