तीन शीर्ष नेताहरुबीच सिंहदरवारमा बैठक हुँदै

न्भेष्टाेपेपर ।  चैत ११, २०८१

काठमाडौँ । सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको बैठक सोमबार अपराह्न सिंहदरबारमा बस्दै छ । शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन कांग्रेस, एमाले, माओवादीका तीन शीर्ष नेताहरु बैठक बस्न लागेका हुन् ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्ने मुख्य तयारी छ । दुवै आयोग सम्बन्धित कानुन बने पनि पदाधिकारी नियुक्ति नहुँदा काम अघि बढ्न सकेको छैन । आयोग पदाधिकारी नियुक्तिमा तीन दलबीच भागबन्डा तयारी छ ।

त्यस्तै, तीन दलबीच राजावादीको प्रदर्शनले मुलुकमा ल्याएको तरंगबारे अनौपचारिक छलफल हुनेछ । संविधान, लोकतन्त्रको पक्षमा तीन दलबीच न्युनतम साझा धाराणा बनाउने उनीहरूको छलफलको विषय छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *