सुनको मूल्यमा भारि वृद्धि : बनायाे एैतिहासिक किर्तिमान

न्भेष्टाेपेपर ।  चैत २९, २०८१

काठमाण्डाैँ । नेपाली बजारमा सुनको मूल्य दोस्रो दिन पनि भारि वृद्धि भएको छ । यसदिन सुन प्रतितोला ३ हजार ९०० रुपैयाँले बढेर नयाँ नयाँ किर्तिमान कायम गरेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो ।

सुनको मूल्यले हिजो बिहीबार कायम मूल्यलाई ब्रेक गरेर एतिहासिक रेकर्ड बनाएको हो । पछिल्ला दुई कारोबार दिनदेखि सुनको मूल्यमा उल्लेख्य वृद्धि भएर रेकर्ड ब्रेक गरेको हो

यस दिन चाँदीको तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *