सामसङले ल्यायाे नँया बर्ष २०८२ को अफर

न्भेष्टाेपेपर ।  चैत २८, २०८१

काठमाण्डौ । नेपालमा नयाँ वर्ष वि.सं. २०८२को आगमनसँगै, सामसङ नेपालले “नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार” अफर ल्याएको छ ।

नवीनतम स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभहरू लगायत अप्लाएन्सहरुमा विशेष छुट, उपहार र सजिलो इएमआई सुविधा सहित यो अफरले ग्राहकहरूको परिवारलाई स्मार्ट कनेक्सन भएको घरमा सहज र आधुनिक जीवनशैलीको अनुभव गराउनेछ ।

स्मार्टथिङ्स कनेक्सन प्रयोग गरेर सामसङका वाई–फाई कनेक्टेड स्मार्ट उपकरणहरूलाई अब मोबाइलबाट सजिलै नियन्त्रण गर्न सकिन्छ। तपाईँको घरका टिभी, रेफ्रिजरेटर तथा वाशिङ मेसिनजस्ता अप्लाएन्स सबै एक अर्कासँग कनेक्टेड रहन्छन्, तपाईँको जीवनशैली अझ सजिलो, व्यवस्थित र आधुनिक बन्नेछ । 

यस अफरमा सामसङको लगातार १९ वर्षसम्म विश्वको नम्बर १ टिभी ब्रान्डको उपाधि कायम राखेको टिभी लाइन–अप समावेश छ । चुनित ५५ इन्च वा सोभन्दा माथिका टिभीहरूको खरिदमा १२ महिनासम्म वल्र्डलिंक इन्टरनेट र नेटटिभी सेवा पनि निःशुल्क पाइनेछ । साथै, पुराना अप्लाएन्स एक्सचेन्ज गरेर विभिन्न मोडेलका युएचडी टिभीको  खरिद गर्दा रु. ८,००० सम्म एक्सचेन्ज बोनस पनि उपलब्ध हुनेछ । यी सबै टिभीमा ३ वर्षको वारेन्टी समेत रहेकोले दीर्घकालीन निश्चिन्तता सुनिश्चित पनि रहनेछ ।

त्यसै गरी, सामसङको नवीनतम बिस्पोक एआई रेफ्रिजरेटर र वाशिङ मेसिन पनि यस अफरमा समावेश छन्। ९ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा १ लिटर सर्फ एक्सेल लिक्विड र १२ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको साथ ६ केजीको सर्फ एक्सेल म्यातिक फ्रीमा पाइनेछ ।

हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको सामसङको इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदरमा १२ महिनासम्म, र टिभीका लागि १८ महिनासम्म, तिर्न सकिने ईएमआई र सजिलो डाउनपेमेन्टको साथ सजिलै खरिद गर्न सक्नेछन् ।  निःशुल्क होम इन्स्टलेसन सेवा पनि उपलब्ध छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *