प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
इन्भेष्टाेपेपर । माघ २०, २०८२
काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओमा) मा सुमन शर्मा नियुक्त हुनुभएकाे छ ।
बैंक सञ्चालक समितिको बैठकले आज मंगलबारदेखि लागू हुने गरी शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरमा अनुसान्धान सुरु गरेपछि निवर्तमान सीईओ अशोक शेरचन निलम्बन भएकाे थियाे । त्यसपछि सञ्चालक समितिले गत मंसिर १४ मा निरज लम्साललाई कामु सीईओको जिम्मेवारी दिएको थियो ।
सोही खाली रहेको सीईओ पदमा शर्मा नियुक्त भएकाे हुाे । सुमन शर्माले यसअघि माछापुच्छ्रे र तत्कालीन सनराइजलगायत बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसक्नुभएकाे छ ।
