नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड-२०२६ समारोह सम्पन्न

इन्भेष्टाेपेपर ।  माघ १९, २०८२

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यही माघ १३ –१५ गते पोखरा ग्रान्डमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२६ भव्यता पूर्वक सम्पन्न गरेको छ । सन् २०२५ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एम.डी.आर.टी २०२६ ’ का लागि योग्य भएका ११० जना अभिकर्तालाई सम्मानित गरिएको छ ।

पानसमा दीप प्रज्वलन गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । 

कार्यक्रममा बोल्दै कार्यक्रमका कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल हुनुभएका अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

छनौट हुनुभएका अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरमा गई एक्स्पोजर लिनुहुन आग्रह गर्नुभयो । बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरूसँग साक्षात्कार हुन यस किसिमको कार्यक्रमले सहयोग गर्नुका साथसाथै नेपालमा पनि बीमा सम्बन्धी नीति निर्माणमा सहयोग पुर्याउने कुरा बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताउनुभयो । नेपाल लाइफले बीमा बजारको करिव एक तिहाइ  हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गर्नु भएको छ ।

३ दिन सम्म चलेको कार्यक्रममा गायक अस्मिता अधिकारी, महेश काफ्ले र बद्रि पंगेनीको विशेष गायन प्रस्तुति रहेको थियो।  तेस्तै कमेडियन सुबोध गौतम र प्रभात लामाले पनि आफ्नो प्रस्तुति दिनु  भएको थियो।  कार्यक्रममा मोटीभेसनल स्पिकर सुगरिका केसीले उपस्थ्ति अभिकर्ताहरुलाई मोटीभेसन प्रदान गर्नु भएको थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *