प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

इन्भेष्टाेपेपर ।  माघ २०, २०८२

काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओमा) मा सुमन शर्मा नियुक्त हुनुभएकाे छ ।

बैंक सञ्चालक समितिको बैठकले आज मंगलबारदेखि लागू हुने गरी शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरमा अनुसान्धान सुरु गरेपछि निवर्तमान सीईओ अशोक शेरचन निलम्बन भएकाे थियाे । त्यसपछि सञ्चालक समितिले गत मंसिर १४ मा निरज लम्साललाई कामु सीईओको जिम्मेवारी दिएको थियो ।

सोही खाली रहेको सीईओ पदमा शर्मा नियुक्त भएकाे हुाे । सुमन शर्माले यसअघि माछापुच्छ्रे र तत्कालीन सनराइजलगायत बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसक्नुभएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *