सुनचाँदीकाे भाउमा निरन्तर ओरालो यात्रा जारी
इन्भेष्टाेपेपर । चैत्र ९, २०८२
काठमाडौँ । सुनको मूल्यमा आज पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज तोलामै ६ हजार ५ सय रुपैयाँले मूल्य घटेको हो । आइतबार पनि १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । आइतबार प्रतितोला २ लाख ८२ हजार थियो ।
आज चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ४२५ निर्धारण गरिएको छ ।
