उपसभामुख रुवीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
इन्भेष्टाेपेपर । चैत्र ३०, २०८२
काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गर्नुभएकाे छ ।
यही २७ चैतको प्रतिनिधिसभा बैठकबाट उक्त पदमा निर्वाचित उपसभामुख ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गर्नुभएकाे हाे । ठाकुरले आजै सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गर्नुभएकाे छ ।
सभामुख अर्यालले उपसभामुख ठाकुरलाई बधाई तथा शुभकामना दिएको सभामुखको सचिवालयले जनाएको छ ।
