उपसभामुख रुवीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

इन्भेष्टाेपेपर ।  चैत्र ३०, २०८२

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गर्नुभएकाे छ । 

यही २७ चैतको प्रतिनिधिसभा बैठकबाट उक्त पदमा निर्वाचित उपसभामुख ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गर्नुभएकाे हाे । ठाकुरले आजै सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गर्नुभएकाे छ ।

सभामुख अर्यालले उपसभामुख ठाकुरलाई बधाई तथा शुभकामना दिएको सभामुखको सचिवालयले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *